Monday, February 4, 2008

Nostalgia

येहा कति चिसो ,AC फ्री नै हो तर खोलेर बस्यो भने लिप्स् अनि स्किन् सबै सुखा हुन्छ , तेसैले खोल्नु नि मन्न लाग्दैन , हट बेड पनि त्यही छ प्रोब्लम टाउको दुख्छ धेरै बस्योउ भने ।
हुन त जोम्सोमको चिसो मैले बिर्सिएको जस्तो छ , हिउदोमा जहिले पनि काठमाडौं औने भएर पनि मलाई याद न भएको होला । तर् एक्पल्टको चाहि याद् छ , बाहिर् हिउमा खेल्न गयेको , बाजेले म भाडाकुटि खेल्दा अन्डाको खोस्टामा भात् पकौनु भाको आदि, बजैले तेहि बर्ष सिध्यौनु भयेको ब्लान्केट् मा मैले नि अलि अलि बुन्न सिकेको थिये, अहिले सम्म पनि जोम्सोममा छ त्यो कम्बल् , देखौदै बजैले पहिलाको कुराहरु सुनौनु हुन्छ।
बाजेले बर्षभरि कोइला बनौनु हुन्थ्यो , जाडोमा मकलमा आगो ताप्नको लागि , winterमा जोम्सोममा बढि गहतको दाल् अनि राति"खु" भन्ने soup जस्तो खाना बढी खाइन्छ धेरै बस्योउ भने जसमा हरियो साग सब्जी पाएमा हरियो साग सब्जी , सुकुटी , दुर्खा , आलु , beans हरु हालेर पकाइन्छ ,सुपको बेस् चाँही गँहुको पिठो युज गरिन्छ ।चिसोमा बजैले स्याउ खान नै दिनु हुँदैन थियो चिसो लाग्छ भनेर
,स्याउ चिसोमा जाने खानेकुरा हो रे तेसैले चिसोमा नखानु भन्दो रहेछ
,तर सुकाएको फलफुल हरु चाँही टन्न खान दिनु हुन्थ्योउ , तर् मलाइ फेरि मन् नपर्ने...
जोम्सोम स्कुलमा पढदा हाम्रो एउटा रश्मी भन्ने मि्स् हुनुहुन्थ्योउ , जहिले पनि लामो लामो नङ्ले विद्यार्थी हरुलाइ चिमोटने बानि थियो उहाको , बिनोद् राइ भन्ने क्लास्मेट्को ले क् कुरा मा हो खुटामा हान्दा भएको घाउको दाग् अहिले सम्म छ , रश्मि मिस्स् ले पछि तेहि ठाउमा stickले गोचेर फेरि रगत् निकालिदिनु भएको अझै सम्म याद् छ , म सानोमा पढाइमा राम्रो थिये , घरमा बाहेक् बाहिर् त सोझो पनि हो , तर् किन् कुटाइ खान्थे भन्ने बुझ्न सकेको थिइन ...
रश्मी मिस् र पछी पटनाको राजन कुमार भन्ने सर होला म कहिले पनि respectको नाम मा R पनि दिन सक्दिन , मेरो बिचार मा personal interest लाइ लिएर studentहरुको लाईफ सँग खेलवाड गर्नु जस्तो नराम्रो कुरा केही पनि हैन ।

No comments: